images
images
  • राष्ट्रिय महिला लिग आजदेखि

    काठमाडौं-राष्ट्रिय महिला लिग आजदेखि सुरु हुँदैछ । ३ बजे हुने उद्घाटन खेलमा कोशी प्रदेशले वालिङको सामना गर्नेछ । १० टोली सहभागी हुने महिला लिगको पहिलो चरणका सबै खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

    हिजो सम्पन्न प्रि-म्याच कन्फ्रेन्समा सहभागी क्लबका खेलाडीले वर्षाका कारण तयारीमा असर परेको बताएका छन् । छोटो तयारीका बीच पनि धेरै क्लबहरुले राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् ।

    लिगमा तीन विभागीय, तीन प्रदेशिक, नगरपालिकाका दुई र दुई व्यावसायिक क्लब सहभागी छन् । हिजो आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा कोशी प्रदेशकी उपकप्तान सिमरन राईले पर्याप्त तयारी नभए पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएकी छन् ।

    सहभागी टोलीले सिंगल राउन्ड रोबिन शैलीमा खेल्नेछन् । सबै टिमले एक महिनाभित्र समान नौ-नौ खेल खेलेपछि पाँच टिमले दोस्रो चरणमा स्थान बनाउने छन् भने पाँच टिम बाहिरिनेछन् । दोस्रो चरणमा पुगेका टिमलाई दशरथ रंगशालामा मंसिरदेखि डबल राउन्ड रोबिन शैलीमा खेलाइनेछ । दोस्रो चरणको शीर्ष चार टिमको क्वालिफायर, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।

    सवा २ करोड खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख, साथै फेयर प्ले टिमले एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै