images
images
  • सरकारी सञ्चारमाध्यमहरू आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्छ : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरू विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उनले बदलिँदो परिवेश अनुसार यी संस्थाहरूले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताए ।

    उनले यी संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरूको पुर्नसंरचना गर्नुपर्ने बताए । उनले जनतालाई सेवा दिनुका साथै प्रतिष्पर्धि हुनुपर्नेमा पनि जोड दिए । सरकारी सञ्चारमाध्यमहरूले राजस्व वृद्धि गर्नुपर्ने उनको भनाई छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै