images
images
  • ऐतिहासिक पदक दिलाएकी पलेशालाई सरकारले पुरस्कार सहित सम्मान गर्ने

    काठमाडौं । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कार सहित सम्मान गर्ने भएको छ ।

    बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारेमा जानकारी दिएका हुन् ।

    “पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो। नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई ! सरकारले उहाँलाई दिन लागेको रु.६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने छ,”प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै