images
images
  • एक वर्षमा साढे ७ लाख नेपाली विदेशिए,१३ सय बढी बाकसमा फर्किए

    काठमाडौं । एक आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जानेको संख्या करिब साढे ७ लाख पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार २ सय ९७ जना बैदेशिक रोजगारीका लागि विदेशिएका बैदेशिक रोजगार विभागका निर्देशक एवं सुचना अधिकारी गुरुदत्त सुवेदीले मकालुखबरलाई बताए ।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा ३० हजार ३० जना बैदेशिक रोजगारीमा कम गएका विभागका निर्देशक एवं सुचना अधिकारी सुवेदीले बताए ।

    गत आर्थिक वर्षमा ६ लाख ६१ हजार १ सय २५ जना पुरुष र ८० हजार १ सय ७२ जना महिला बैदेशिक रोजगारीका लागि विदेशिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बैदेशिक रोजगारीमा गएका थिए ।

    एक वर्षमा १ हजार ३ सय बढीको मृत्यु

    नेपालमा रोजगारीको अवसर सिर्जना नभएपछि विदेशिएका लाखौं युवाहरुमा हजारौंको संख्यामा मृत्यु हुने गरेको छ । बैदेशिक रोजगार बोर्डका प्रवक्ता एवं सुचना अधिकारी टिकाराम ढकालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ३ सय बढीको मृत्यु भएको छ ।

    गत आर्थिक वर्षमा ४१ महिला र १ हजार ३ सय ५ जना पुरुष गरी १ हजार ३ सय ४६ जनाको मृत्यु भएको ढकालले बताए । उनका अनुसार २०६५ देखी हालसम्म १३ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

    त्यस्तै ९ सय ५८ जनाको शव झिकाइएको छ भने ८ सय ३३ जनाको उद्धार तथा खोजतलास गरिएको छ । त्यस्तै ३ हजार ३ सय ८९ जना अंगभंग भएको बैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मृतकका आफन्तलाई करिब ७० करोड आर्थिक सहायत प्रदान

    बैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८०/८१ मा मृत्यु भएका कामदारका नजिकको हकवालालाई करिब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ । बोर्डका सुचना अधिकारी ढकालका अनुसार मृतकका नजिकका १ हजार ३ सय ४६ जनालाई ६९ करोड ९९ लाख ५ हजार आर्थिक सहायता प्रदान गरिएको हो ।

    बिरामी एवं अंगभंग भएका कामदारलाई १९ करोड स्वास्थ्य उपचार खर्च

    बैदेशिक रोजगार बोर्डले कामको शिलशिलामा अंगभंग भएका काममदारहरुलाई एक वर्षमा १९ करोड ४६ लाख ८५ हजार स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ ।

    बोर्डका अनुसार ३६ महिला र ६ सय १७ पुरुषलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको हो । त्यसैगरी बोर्डले कामदारको परिवारका २ सय ६५ सदस्यलाई १ करोड २२ लाख ६५ हजार स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ ।

    ६ वटा मेनपावर कम्पनी खारेज,१४ वटा निलम्बनमा

    बैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०८०८१ मा ६ वटा मेनपावर कम्पनी खारेज गरेको छ । विभागको नियम पालना नगर्ने मेनपावर कम्पनीहरु खारेज गरिएको विभागका निर्देशक एवं सुचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

    बैदेशिक रोजगार ऐन २०६४ विपरित मेनपावर कम्पनीहरुले कार्य गरेकाले ६ वटा मेनपावर कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी सुवेदीले बताए । उनका अनुसार बैदेशिक रोजगारीमा जाने कामदारलाई समस्यामा पार्ने १४ वटा मेनपावर कम्पनीहरु बन्द (निलम्बन) गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै