काठमाडौं-आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछ । सँगै उनले नै नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्