images
images
  • प्रतिनिधि सभा बैठक भोली बस्दै,यस्तो छ सम्भावित कार्यसुचि

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक आइतबार दिउँसो १ बजेलाई तय गरिएको छ। संसद सचिवालयले भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसुचि सार्वजनिक गरेको छ ।

    सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसुचि रहेको छ । प्रधानमन्त्री ओलीले“राष्ट्रिय सुचना आयोगको वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७९/८० ” पेश गर्ने कार्यसुचि रहेको छ ।

    त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले“अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले“कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक,२०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन विधेयक,२०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै