काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमा नबसेर पैसा लिने पनि ठग नै भएको बताएका छन् ।
बुधवार नेपाली कांग्रेसको सय दिने विशेष अभियानको केन्द्रिय प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सहकारी कानूनको दफा १२२ ले के भन्छ भने सहकारी ठग्ने मान्छेहरु दुई खालका हुन्छन् । एउटा आफै सहकारीमा बसेर सहकारीलाई ठग्छ । एउटा आफु सहकारीमा बस्दैनन्,बाहिर बस्छन्,तर विभिन्न माध्यमबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठगै हुन् । तर,आफु सहकारीमा बस्दैनन् बाहिर बस्छन्,कम्पनीमा बस्छन्,घरमा बस्छन्,तर,त्यो सहकारीबाट लान नपाउने पैसा लिएर जान्छन्, ती पनि ठगै हुन्,’महामन्त्री थापाले भने ।
सहकारीमा बसेर पैसा दिने मात्रै नभई सहकारीबाट पैसा लिने पनि ठग भएको महामन्त्री थापाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्