images
images
  • चुरे संरक्षणको माग गर्दै मधेसमा प्रदर्शन

    मधेश । मधेसमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छन् ।

    चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियन्ताहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

    चुरे वनजंगलको संरक्षण तथा संवर्द्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार,अवैध उत्खननमा रोक लगायतका माग राख्दै अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको अभियानका संयोजक सुनिल यादवले बताए ।

    चुरे संरक्षण आन्दोलनको १ सय ३ औँ दिनमा मधेस सरकारलाई घच्घचाउन आफूहरुले प्रदर्शन गरेको बताउनु भयो । प्रदेश सरकारले वनजंगल संरक्षण गर्नुको साटो वनजंगललाई मास्ने गरी डिएफओ सरुवा गरिएको यादवले आरोप लगाए ।

    उनले काम गरिरहेका डिएफओहरुलाई सरुवा गरिएको तर लामोसमयसम्म एकै ठाउँमा रहेका डिएफओ सरुवा नगनुर्ले प्रदेश सरकारको नियत पनि वनजंगल संरक्षण नगर्ने रहेको कुरा स्पष्ट भईसकेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै