images
images
  • शैक्षिक परामर्शदातृ संस्थालाई शर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा तीन वटा शर्त पालना गर्न निर्देशन दिएको छ ।

    शैक्षिक परामर्श सेवा, व्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा मन्त्रालयले तीन वटा सर्त पालना गर्न भनेको हो ।

    ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३,(संसोधन समेत)अनुसार शैक्षिक परामर्श सेवा व्रिज कोर्ष,भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न यस मन्त्रालयबाट स्वीकृती प्राप्त संस्थाहरुलाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य रुपमा देहाय बमोजिम गर्नु गराउनु हुन सुचित गरिन्छ, ’मन्त्रालयद्धारा जारी गरिएको सुचनामा भनिएको छ ।

    मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थाले नेपालका विश्वविद्यालय, तिनमा पढाइ हुने कार्यक्रम र नेपालमा प्राप्त हुने अवसरको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने, मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीको पूर्ण विवरण पेस गर्नुपर्ने तथा शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पुरा गरेका संस्थाहरु मात्र सहभागि गराउन शैक्षिक परामर्शदातृ संस्थाहरुलाई भनेको छ ।

    परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरु कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृती रद्ध गरिने बताएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै