images
images
  • कुलमान घिसिङलाई सरकारले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण माग गर्दै स्पष्टीकरण सोधेको हो ।

    उर्जामन्त्री मन्त्री दीपक खड्काले घिसिङलाई पत्र काट्दै १५ दिनभित्र स्पष्टीकरण माग गरेका छन् ।

    पछिल्लो समय सरकार र विद्युत् प्राधिकरणबिच विवाद भइरहेको छ । सरकारले कार्यकारी निर्देशक घिसिङलाई हटाउन चाहेको चर्चा समेत छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै