images
images
  • कामनपाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ ।

    बुधवार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो । मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ ।

    धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।

    महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरेपनि नहटाएपछि महानगरप्रहरीले खालि गराएको हो ।

    त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराएका थिए ।

    उनले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे ।

    नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै