images
images
  • बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन ।

    हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो ।

    धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

    महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ ।

    गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

    रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै