काठमाडौं । आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली शुक्रवार उज्वेकिस्तान प्रस्थान गरेको छ । आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै महिला ५७ किलोमुनि तौलमा नविना विश्वकर्मा र ५२ किलोमुनि तौलमा वसन्ती डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासङ्घका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार रहेका छन् ।
महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिदाइ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्