images
images
  • सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    मनाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् ।

    सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए । 

    यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे।

     उनले भने, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै