images
images
  • ज्योतीसंगको सम्बन्ध विच्छेदलाई नक्कली भनिएपछि धनराजले दिए ‘तीन पाना’को स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले आफु सहकारी ठग नभएको बताएका छन् ।

    उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘तीन पाना’को विज्ञप्ति जारी गर्दै मितेरी सहकारी संस्थाको रकम अपचलनमा आफु संलग्न नरहेको कुरा बताएका हुन् । सहकारी संस्थाको बचत रकम अपचलनमा आफु नजोडिएको भन्दै उनले दोस्रो पटक स्पष्टीकरण दिएका हुन् ।

    विज्ञप्तिमा उनले श्रीमतीसंगको सम्बन्ध विच्छेद नक्कली भनिएको बारे पनि उल्लेख गरेका छन् ।

    उनले भनेका छन्,‘मेरो चुनावको उम्मेदवारी दर्ता फारममा श्रीमतीको नाम ज्योती गुरुङ उल्लेख गरिएको भन्दै ज्योती गुरुङसंग भएको मेरो सम्बन्धत्र विच्छेदलाई नक्कली भन्दै प्रचारबाजी गर्नेहरुले यो कुरा प्रष्ट बुुझिदिनहुन अनुरोध गर्दछु की उम्मेदवारी दर्ता गर्ने दिनमा मात्रै म काठमाडौंबाट वालिङ पुगेर उम्मेदवारी दर्ता गर्न जाँदा समय निकै घर्कीसकेको अवस्था एकातिर थियो भने अर्कोतिर ठूलो जुलुसका साथ उम्मेदवारी दर्ता स्थलमा पुगेको अवस्थामा पार्टीका कार्यकर्ताले दर्ता फारम भरेर तयार राखिदिएको र कार्यकर्ताहरुलाई मेरो र तत्कालीन श्रीमती ज्योती गुरुङको बीचमा सम्बन्ध विच्छेद भइसकेको जानकारी नभएकाले श्रीमतीको नाम ज्योती गुरुङ नै उल्लेख गरिएको कुरा हाल मात्रै थाहा पाएँ । यस्तो प्राविधिक त्रुटिलाई लिएर म माथि प्रहार गर्नु निन्दनीय छ ।’

    उनले आफ्नो दायित्वमा रहेको ऋण चुक्त गर्नु अपराध हो भन्दै प्रश्न समेत गरेका छन् । आफु सहकारी ठग भएको भए सहकारीको रकम चुक्ता गर्न आफन्तसंग किन ऋण लिनुपथ्र्यो भन्दै थप प्रश्न गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै