काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) ले विकासको नाममा कमिशनतन्त्र चलाईरहेको आरोप लगाएका छन् ।
पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरे ।
नेता गुरुङले भने ‘माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाई गर्ने पार्टी होइन । आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौं र राष्टिय राजनीतिमा माओवादी बाईबाई भईसक्यो, दोलखाले पनि विदाई गर्नुपर्छ हाम्रो पार्टीलाई जिताउन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्