images
images
  • वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको छ: प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन्।

    कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको दाबी गरे ।

    ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो।त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ।यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन,’ प्रचण्डले भने, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’

    उनले संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने तर्क गर्दै अहिलेको सरकार संविधान विरोधी भएको आरोप लगाएका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै