काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारको ध्यान नीतिगत तथा कानुनी सुधारमा केन्द्रित रहेको बताएका छन् ।
बाह्रखरी मिडियाद्वारा आइतबार आयोजित कथा प्रतियोगिताको नजिता सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले कानन अभावका कारण संघीय संरचनाले राम्रोसँग काम गर्न नसकेको बताए । अब सरकारले नीतिगत तथा कानुनी सुधारमा ध्यान केन्द्रित गरिरहेको उनको जिकिर थियो ।
गुरुङले सरकार, मन्त्री, सचिव, कर्मचारी, प्रहरी प्रशासन रहे पनि राज्यका निकायले काम गर्न नसक्नुको कारण पहिचान गर्न खोजिएको उल्लेख गरे ।
चार महिनामा नतिजा आउने काम गर्न नसकेको भन्दै उनले बिग्रिएका कुरालाई सुधार गर्नमात्रै ध्यान केन्द्रित गर्नुपरेको पनि धारणा राखेका छन् ।
जनतालाई सुविधा दिन सिंहदरबार गाँउ-गाँउमा पुर्याएपछि कानुन अभावमा काम गर्नसक्ने परिस्थिति बन्न नसकेको उनको भनाई छ । गुरुङले सांसद किनबेच नगर्ने अवस्थामा दलहरू पुगे भन्ने विश्वास जनतालाई दिन सक्नुपर्नेमा पनि जोड दिएका छन् ।
त्यस्तै उनले आफू स्पष्ट बोल्ने भएकाले केही विषयलाई अतिरञ्जित गर्ने काम हुने गरेको गुनासो कार्यक्रममा गरेका छन् ।
कार्यक्रममा यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा माग्युद् खोनालाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, कथाकार प्रमेय भण्डारीको कथा कृत्रिम सपना द्वितीय र कथाकार विवेक धिमालको कथा मैले देखेको विद्यालयले तृतीय पुरस्कार पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्