images
images
  • १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

    काठमाडौँ । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताएका छन् ।

    आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।

    सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको संसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद सेवालाई थप प्रभावकारी बनाउन कानूनी रुपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    संसद प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र संसदहरुको महत्वपूर्ण भुमिका रहने उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै