काठमाडौं – निरन्तर तापक्रम घटेपछि देशैभर जाडो बढेको छ। जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ। जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ।
शुक्रबार काठमाडौंको न्युनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएकोमा आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियस नजिक पुगेको हो।
मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ। त्यसले गर्दा पनि जाडो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशभर सामान्यतया मौसम सफा रहनेछ। तर, तापक्रममा भने गिरावट आउन सक्छ। सोमबार भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएको जाडो अझै बढ्ने अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्