काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताएका छन् ।
शुक्रबार अनाज सस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन सँगै रैथाने बाली मानिसहरूको प्राथमिकतामा पर्दै गएको बताए ।
मन्त्री अधिकारीले रैथाने खाना पछिल्लो पुस्ताले भुल्दै गएको भए पनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे ।
मन्त्री अधिकारीले रैथाने बाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको धारणा राखे ।
रामनाथ अधिकारी,मन्त्री, कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्