काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको हो ।
जितका लागि १ सय ८५ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । जनकपुरको जितमा लाहिरु मिलन्था नायक बने । उनले ८७ रनको आक्रामक पारि खेले । उनले ४९ बलमा ८७ रन बनाए ।
आसिफ शेखले ३३ रनको योगदान दिए । उनले १९ बलमा ३३ रन जोडे । मोहम्मद मोहसिनले ९ रन बनाए भने जिम्मी निशमले ४ रन थपे । आकाश त्रिपाठी २ रन बनाएर आउट भए । हर्ष ठाकरले नट आउट ३० रन बनाए भने मायन यादव २ रनमा नट आउट रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्