काठमाडौं । संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्ले राष्टिय एकता आजको आवश्यकता भन्ने मुल नारासहित इसाई समुदायको महान पर्व खीष्टमसको उपलक्ष्यमा ख्रीष्टमस शुभकामना तथा मेलमिलाप कार्यक्रम आयोजनागर्ने भएको छ ।
राष्ट्रका प्रमुख व्यक्तिहरुको उपस्थितमा राष्ट्रको विकाश उन्नति, समृद्धि र रुपान्तरणको लागि संयूक्त राष्ट्रिय दर्शन तथा एकता र मेलमिलापलाई मध्यनजर गर्दै बुधबार दिउँसो ४ बजे ललितपुरको होटल हिमालयमा वृहत ख्रीष्टमस कार्यक्रम हुन गईरहेको संयोजक भव घलेले जानकारी दिनुभयो ।
येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा देशभरका चर्चहरुमा प्रार्थनासहित शुभकामना आदानप्रदान गरी ख्रीष्टमस मनाइँदैछ ।
ख्रीष्टमसमा इसाई धर्ममा आस्थावान व्यक्तिहरु एक ठाउँमा भेला भई येशूको जन्मको सन्देश एवं उपदेशसँगै ख्रीष्ट जन्म भएको खुशीयालीमा एकआपसमा उपहार आदान–प्रदान गर्ने र देशको शान्ति, समृद्धिको लागि येशूसँग प्रार्थना गर्ने गरिन्छ ।
नेपालमा करीब ४०० वर्षदेखि इसाई धर्मावलम्बीको बसोबास सुरु भएको र त्यतिबेलैदेखि नै क्रिसमस मनाउन थालिएको इतिहास छ ।
येशूख्रीष्टले सर्वसाधारणलाई अन्याय, अत्याचार, विभेदबाट मुक्ति दिलाउन आफैं क्रुसमा चढेकोले उहाँको योगदानको सम्झना गरिन्छ भने त्यसबेलादेखि नै इस्वी संवत् शुरु गरिएको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्