images
images
  • शारदा माबिमा २०५५ एसएलसी ब्याचको अक्षयकोष स्थापना

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थी समूहले आफुले अध्ययन गरेको बिद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।

    बिद्यालयको ७४ औं बार्षिकोत्सवको अवसरमा २०५५ सालको एसएलसी ब्याचले सो बिद्यालयमा अध्ययनरत जेहेन्दार, आर्थिक विपन्नता भएका बिद्यार्थीको शैक्षिक प्रभावकारिताका लागि ५० हजारको अक्षयकोष स्थापना गरेको सो ब्याचका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश)ले जानकारी दिनु भएको छ । आर्थिक अभावका कारण कुनै पनि बिद्यार्थीहरुले बीचमै पढाई छाड्न नपरोस् भन्ने ध्येयका साथ अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

    विद्यालयका सो ब्याचका एक टोली बिद्यालयमै आएर अक्षयकोष स्थापना, शैक्षिक सामाग्री बितरण र नगद सहयोग गरेको हो । पूर्व बिद्यार्थी समूहले शारदा माबिमा प्राबि तह अध्ययनरत दुई जना, निमाबि तहमा दुई जना र माबि तहमा अध्यनरत दुई जना गरी ६ जना छात्रछात्रालाई नगद र शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो । २०५५ सालका एसएलसी समूहले आफू पढेको बिद्यालयको शैक्षिक प्रभावकारिताका लागि गरेका सहयोगले हौसल्ला मिलेको प्रधानाध्यापक निलप्रसाद सुवेदीले बताउनु भएको छ । सो ब्याचले आफूहरुलाई पढाउने प्रधानाध्यपक र शिक्षकशिक्षिकालाई पनि दोसल्लाद्धारा सम्मान गर्दै आईरहेको छ ।

    गत बर्ष पूर्व प्रअ यमबहादुर बस्नेत र यसबर्ष पूर्व प्रअ उद्धवलाल श्रेष्ठ, सोमा श्रेष्ठलाई सम्मान गरिएको उपाध्यक्ष आङछिरिङ शेर्पाले बताउनु भयो । गत दुई बर्ष यता सो ब्याचकै छोराछोरी जसले एसईई परीक्षामा सम्मिलित भई उत्तीर्ण हुनेलाई प्रोत्साहन स्वरुप कदरपत्र र मायाको चिनो प्रदान गर्दे आईरहेको छ । उक्त समूहले बिभिन्न बिद्यालय र समुदायमा पुगेर शैक्षिक, स्वास्थ्य लगायतका सामाजिक काम गर्दै आईरहेको छ ।

    हिमाली भेगका न्यून आय भएका छात्रछात्रालाई शैक्षिक प्रगतिको लागि छात्रवृत्ति प्रदान गर्न लागेको उपाध्यक्ष शेर्पाले बताउनु भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै