दक्षिण भारतीय सिनेमा हाल ‘पुष्पा २’ को ऐतिहासिक सफलताको चर्चा गरिरहेको छ। अल्लू अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिकामा रहेको यस फिल्मले बक्स अफिसमा ठूलो धमाका मच्चाइरहेको छ। तर, फिल्मका निर्देशक सुकुमारले एक सार्वजनिक कार्यक्रममा दिएको बयानले सबैलाई चकित बनाएको छ।
हैदराबादमा आयोजित कार्यक्रममा, सुकुमारलाई सोधिएको थियो, “तपाईं छाड्न चाहनु भएको एउटा कुरा के हो?” उनले सहज तर गम्भीर ढंगले भने, “फिल्म।”
उनको यो बयानले फिल्म उद्योगभित्र र बाहिर ठूलो चर्चा चलाएको छ। यद्यपि, उनले यस्तो कदम उठाउन चाहनुको ठोस कारण खुलाएका छैनन्। केहीले यसलाई हालै ‘पुष्पा २’ को प्रिमियरमा भएको एक दुर्भाग्यपूर्ण घटनासँग जोडिरहेका छन्, जसमा एक महिलाको मृत्यु भएको थियो।
सुकुमारले फिल्म क्षेत्र छाड्ने कुरा गरे पनि ‘पुष्पा’ श्रृंखलाको आगामी फिल्म निर्देशन गर्ने पक्का भइसकेको छ। ‘पुष्पा ३’ मा पनि अल्लू अर्जुन र रश्मिका मन्दना प्रमुख भूमिकामा देखिनेछन्।
‘पुष्पा २’ को अपार सफलताले दर्शकहरूको अपेक्षा अझै माथि पुर्याएको छ। अब, ‘पुष्पा ३’ को कथावस्तु र निर्देशनले यो श्रृंखलालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
सुकुमारको बयानले फिल्म उद्योगलाई सोचमग्न बनाएको छ। सफलता र चुनौतीबीचको यो विचित्र द्वन्द्वले सुकुमारको आगामी कदममा सबैको ध्यान केन्द्रित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्