क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिस्टको जन्मको सम्झनामा क्रिसमस डे विशेष कार्यक्रमसहित मनाइएको छ। २५ डिसेम्बरलाई येशु ख्रिस्टको जन्मदिनका रूपमा मनाउने प्रचलन रहेको छ। २ हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मेका येशु ख्रिस्टले प्रेम, शान्ति र मुक्ति दिएको विश्वासमा यो पर्वलाई विशेष रूपमा मनाइन्छ।
नेपालमा क्रिसमसका अवसरमा राष्ट्रिय ख्रिस्टियन महासंघले काठमाडौंमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्यो। महासंघका अनुसार, नेपालमा क्रिसमस विसं ०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो।
क्रिसमस डेमा सार्वजनिक बिदा दिने प्रचलनमा विभिन्न परिवर्तन हुँदै आएको छ। विसं ०६३ देखि ०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइन्थ्यो। तर, विसं ०७५ देखि ०७७ सम्म क्रिस्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं ०७८ बाट भने फेरि सबैका लागि सार्वजनिक बिदा दिने निर्णय भएको छ।
महासंघका अनुसार, हाल नेपालमा करिब ३५ लाख क्रिस्चियन धर्मावलम्बी रहेका छन्। विश्वभरकै प्रमुख पर्वमध्ये एक मानिने क्रिसमस डे नेपालमा पनि हर्षोल्लासका साथ मनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्