नेपालमा अबको राजनीतिक दुई भागमा मात्र ध्रुवीकरण र विभाजन भएको देखिएको छ ।
(१) बिआरआई चीन समर्थक पार्टी (२) एमसीसी अमेरिका समर्थक पार्टी नेपालमा एमाले, कांग्रेस र माओवादी लगायत सबै पार्टीहरु वा दलहरू समाप्त भएका छन ।
नेपालमा (१) बिआरआई चीन समर्थक पार्टीका सांसदहरू र नेताहरू एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी जस्ता सबै पार्टीहरुमा छन ।
त्यस्तै (२) एमसीसी अमेरिका समर्थक पार्टीका सांसदहरू र नेताहरू पनि एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी जस्ता सबै पार्टीहरुमा छन । यसप्रकार अब नेपालको राजनीतिक दुई भागमा ध्रुवीकरण र विभाजन बिआरआई र एमसीसी ।
चीन र अमेरिका मुलुक बीचको प्रतिस्पर्धा नेपालमा छ । जो शक्तिशाली उसैको जीत निश्चित छ । तर हाम्रो मुलुकका नेताहरू र सासंदहरु भनौंदाले चीन अन्तर्गत पर्ने बिआरआई अमेरिका अन्तर्गत पर्ने एमसीसी दुवै संग पैसा लिएर पैसालाई हजम गरि सकेका छन ।
नेपालका नेताहरु र सांसदहरूले बिआरआई पक्षलाई पनि हुन्छ भनेर झुठो आश्वासन दिएका छन । एमसीसी पक्षलाई पनि हुन्छ भनेर झुठो आश्वासन दिएका छन । मुलुकका नेताहरू र सांसदहरू सन्तुलनमा बस्न सकेनन । नेपालका नेताहरू र सांसदहरूले चीन, अमेरिका र भारतसंग दोग्लागिरी गरि आफनो विश्वसनीयता गुमाई सकेका छन । ढिलो चांडो मात्र हो । हाम्रो मुलुकका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरु, सांसदहरू र नेताहरूको कारण मुलुक श्रीलंका, अफगानिस्तान र बंगलादेश जस्ता आदि इत्यादी मुलुक बन्ने दिशातिर उन्मुख भएको छ ।
हाम्रो मुलुकका नेताहरू र सांसदहरूको चरीत्र चीन जान्छ्न चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुसंग सहमति र सम्झौतामा हुन्छ भनी जे जे गर्नुपर्ने गरि आउँछ्न नेपालमा फर्के पछि एक अर्कोलाई आरोप प्रत्यारोप लगाई हुँदैन भन्छन । अमेरिका जान्छ्न अमेरिकाको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुसंग सहमति र सम्झौतामा हुन्छ भनी जे जे गर्नुपर्ने गरि आउँछ्न नेपालमा फर्के पछि एक अर्कोलाई आरोप प्रत्यारोप लगाई हुँदैन भन्छन । भारत जान्छ्न भारतका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुसंग नेपाललाई हिन्दु राष्ट्र बनाउँछौं आदि इत्यादि बारे सहमति र सम्झौतामा हुन्छ भनी जे जे गर्नुपर्ने गरि आउँछ्न नेपालमा फर्के पछि एक अर्कोलाई आरोप प्रत्यारोप लगाई हुँदैन भन्छन । यसप्रकार नेपालका प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरुले चीन, अमेरिका र भारत मुलुकको भ्रमणको दौरानमा भ्रमण पिच्छे नै झुठो आश्वासन दिने गर्छन ।
मुलुकमा अबको परिस्थिति चीनलाई अर्थात बिआरआई इन्कार गरे चीनका नेताहरूले नेपालको सांसदहरू र नेताहरूलाई ठोक्छ । अमेरिकालाई अर्थात एमसीसी इन्कार गरे अमेरिका नेताहरूले नेपालको सांसदहरू र नेताहरुलाई ठोक्ने अवस्था सिर्जना भएको देखिन्छ । बिआरआई चीन र एमसीसी अमेरिका दुवै तर्फबाट हाम्रो मुलुकका सांसदहरू र नेताहरू असुरक्षित छन ।
अन्तर्राष्ट्रिय केही मुलुकहरुमा बिआरआई स्वीकार गरे एमसीसी अस्वीकार गरेको अवस्था छ । एमसीसी स्वीकार गरे बिआरआई अस्वीकार गरेको अवस्था पनि छ । मुलुकको प्रायःजसो जनताहरु झोले भइ दिए । दोषी र जिम्मेवार नै जनता हुन । हाम्रो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरु, ८८४ जना सांसदहरू र नेताहरू संतुलनमा बस्न सकेनन नेपालको अवस्था कतिखेर के हुन्छ भन्न सकिंदैन । मुलुकमा दुर्घटना निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्