काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। ३६८ मत प्राप्त गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।
उनले नेकपा एमाले निकट पीपएलको गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै जित हात पारेका हुन्।
बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।नौ जना खुल्ला सदस्यमा आठ जना डिएलएको प्यानलबाट विजयी हुँदा सतिशराज मैनाली मात्र विपक्षी गठबन्धनबाट विजयी भएका छन् ।
निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको हो । डीएलएले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो भने प्रगतिशील कानुन व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिँदै चुनावी मैदानमा उत्रेको थियो।
उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन्।
कोषाध्यक्षका लागि रामचन्द्र पौडेल,महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्। एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्