काठमाडौं । नेकपा एमालेले नेता वामदेव गौतमसँग सहकार्यका लागि सम्भावना खुला राख्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको पार्टी एकता अभियानसँग संवाद र सहकार्यलाई निरन्तरता दिने निष्कर्षमा पुगेको हो ।
बैठकमा गौतमको अभियानलाई उपयुक्त समयमा एमालेमा समाहित गर्ने विषयमा पनि गहन छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको छ,’ उनले भने, ‘आवश्यक गृहकार्यपछि सहकार्यलाई थप संस्थागत गर्ने योजना अघि बढाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्