images
images
  • “सम्झनामा तारा देवी” सम्मान र संगीत समारोह

    काठमाण्डौं । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ।

    उनको १९औैं पुण्यतिथिमा “सम्झनामा तारा देवीनामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमलस्थित राष्ट्रिय नाच घरमासम्झनामा तारा देवीनामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रमको आयोजना गरेको हो

    समारोहमा वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ ताम्रपत्रसहितस्वर किन्र्री स्मृति सम्मान २०८१बाट सम्मानित गरेको छ।

    कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिकागायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए

    कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीतसुनगाभा जस्तो जिवनगाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङलेरिमझिम रिमझिम‘, गायिका प्राशन्ना शाक्यलेयो दाग पिरतीको‘, गायिका बबिना भट्टराईलेतिमि तिरमा उभी देउ‘, वरिष्ठ गायिका शर्मीला वर्देवालेआमा भएर बोकी हेरगायिका जुनु गौतमलेफूलै फूलको मौसम तिमीलाईगायिका अन्जुली हमाललेतिमिलेदिएकागायिका रिता केसीलेउकाली ओरालीहरुमागायिका सुधा शेर्पालेनौ सय खोला तरेरसाथै गायिका सरस्वती मानन्धरलेशुभकामनागाएर वाहवाही पाएका थिए

    विभिन्न गायक गायिकाको समूहलेउसको ममता मेरोगाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरुलेफूलको थुङगा बहेर गयो गीतमाकन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए

    युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहलेअँध्यारोंमा एउटा बत्ती, राम विर मानन्धर तथा त्रितिया गुरुङले कान्छा, ठट्टैमा यो बैश जान लाग्यो‘, रुपक चौधरी तथा झुमा निरौलालेफूलै फूलको मौसमतथा सन्जिव आले मगर तथा अन्जुली हमाललेआज योवनलाईसाथै राजेन्द्र श्रेष्ठ तथा गीता पाण्डेलेघाममा पनि माया‘  बेजोड प्रस्तुत गरेका थिए

    फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापाकार्यक्रम व्यवस्थापक गर्नुभएको थियो  

    २००२ साल माघ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ गते निधन भएको थियो उनका अधिकांश आधुनिक गीत लोकप्रिय छन्

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्