काठमाडौँ। २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मंगलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ। यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)




















प्रतिक्रिया दिनुहोस्