images
images
  • पुलिसलाई हराउँदै एपिएफले जित्यो छैटौँ पटक महिला फुटबल लिगको उपाधि

    काठमाडौं – नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिग २०८१ को उपाधि जितेको छ । लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफले बुधबार दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिसमाथि सानदार जित निकालेको हो ।

    एपिएफको जितमा सविता राना मगरले दुई गोल गर्न सफल भइन् । उनले खेलको ६४ र ८३ मिनेटमा गोल गरेकी थिइन् । त्यसअघि ६९ मिनेटमा एपिएफका लागि सरू लिम्बूले अग्रता दोब्बर पारेकी थिइन् । एपिएफका लगि चौथो गोल अनु लामाले ९० + ५ मिनेटमा गरेकी थिइन् । एपिएफकी अनुभवी खेलाडी अनुको यो अन्तिम घरेलु फुटबलको म्याच थियो ।

    तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका छन् । जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए । एपिएफले लिगको उपाधि जित्ने क्रममाअपराजित रहदै उपाधि उचाल्न सफल भयो ।

    एपिएफले समग्रमा छैटौं पटक उपाधि जितेको हो । सन् २०१७/१८ पछि भने एपिएफले लगातार चार पटक उपाधि जित्न सफल भयो । उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्