
काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौं महानगरपालिका जिल्लामै सबैभन्दा कमजोर देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरपालिकाले जिल्लाका १० नगरमध्ये सबैभन्दा कम अङ्क पाएको हो ।
आयोगकाअनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्याङ्कनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अङ्क पाएको छ ।
काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका ७१.३ अङ्कसहित पहिलो स्थानमा छ । त्यसपछि नागार्जुन नगरपालिकाले ७०.६ अङ्क पाएको छ ।
यस्तै शंखरापुर नगरले ६८.१, चन्द्रागिरीले ६७.१, गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर नगरपालिकाले ६३.४, कागेश्वरी मनोहराले ६२.८, बूढानीलकण्ठले ६०.८, टोखाले ५८.६ र दक्षिणकाली नगरपालिकाले ५४.७ अङ्क पाएका छन् ।
आयोगले प्रत्येक वर्ष स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन सार्वजनि गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्