images
images
  • यी हुन् अनेरास्ववियुबाट सभापति निर्विरोध भएका १६ क्याम्पस

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेकामध्ये देशभरका १६ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएका छन्।

    हालसम्म प्राप्त विवरणअनुसार देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ।

    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पनि देशभरका १९ क्याम्पसको सभापतिमा निर्विरोध निर्वाचित भइसकेको छ।

    त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ। यसपटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

    निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ।

    यी हुन् एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध भएका १६ क्याम्पस 

    १. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला।
    २. शिक्षा क्याम्पस बैतडी, अकबर चन्द।
    ३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी।
    ४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार।
    ५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द।
    ६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला।
    ७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन।
    ८.बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल।
    ९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला।
    १०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री।
    ११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट।
    १२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल।
    १३) बैतडीकाे नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द।
    १४) संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी।
    १५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने।
    १६) चितवनको आर्द्श बहुमुखी कलेज, अनुज न्यौपाने।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्