images
images
  • दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन आवश्यक रहेको बताएका छन् ।

    समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले भने, “मैले हिजो जे बोलेको छु, त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ ।

    आफूले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको प्रचण्डको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्