images
images
  • काँग्रेस–एमालेले गणतन्त्र जोगाउलान् भन्ने विश्वास छैन : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताएका छन् ।

    शनिवार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले एमाले र काँग्रेसप्रति लक्षित गर्दै उनले यथास्थितिवादीहरु अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्नसक्ने जिकिर गरे ।

    संविधान घोषणा गर्न हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेर संघीय गणतन्त्रको फल खाइरहेको भएपनि उनीहरुको लोकतन्त्रप्रति दृढ विश्वास नरहेको बताए ।

    अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले काँग्रेस र एमालेको भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने विश्वास नरहेको उनले जिकिर गरे ।

    आफूबिरुद्ध पूर्वपञ्चहरुले झुटो प्रचार गरिरहेकोले माओवादीप्रतिको जनविश्वासले काँग्रेस र एमाले आत्तिएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्