
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित वागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेकोले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताए ।
काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरुले रोजगारी सिर्जना गरेकोले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्