images
images
  • यौन व्यवसायलाई खुला गर्न माग गर्ने सांसद घिमिरेको संसद्‌मा क्षमायाचना

    काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।

    ‘यौन व्यवसयालाई खुला गरौँ’ भन्दै उनले चैत ३ गतेको संसद् बैठकमा बोलेका थिए । उनको उक्त अभिव्यक्तिको संसद् र पार्टीको बैठकमा चर्को आलोचना भएपछि घिमिरेले माफी मागेका हुन् ।

    ‘चैत ३ गते संसद्को आकस्मिक समयमा राखेको विचार पार्टीको होइन । मेरो नितान्त व्यक्तिगत विचार हो । यो विचारले माननीय सदस्य तथा जनसमुदायमा नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ उनले भने ।

    मङ्गलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले उनलाई माफी माग्न निर्देशन दिएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्