
काठमाडौं– श्रीलङ्काका लागि नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत नेपालीले शपथ ग्रहण गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलङ्काको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो भने पुष १४ गते संसदीय सुनुवाइ समितिले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्