images
images
  • लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् ।

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरूको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे ।

    लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने रु भन्ने रहेको बताए । उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले आफूहरू देश निर्माण गर्ने कार्यकर्ता भएकोले संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरू संशोधन गर्दा विचार पुर्याएर समयानुकूल बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

    संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्