
वीरगञ्ज, १३ चैत । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।
महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार रुपैयाँ र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्