images
images
  • माओवादी केन्द्रले गर्‍यो प्रदेश सहइन्चार्ज खारेज, विना मगरदेखि रमेश मल्लसम्म हटाइए (सूचीसहित)

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका सह इन्चार्जको पद हटाउने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

    यस निर्णयसँगै, प्रदेश सह इन्चार्जका पदहरू हटेर प्रदेश समन्वय कार्यालय गठन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    कोशी प्रदेश
    – सावित्रीकुमार काफ्ले
    – अजम्बर काङवाङ
    – धर्मशीला चापागाईँ
    – सुरेशुकमार राई

    मधेश प्रदेश
    – विश्वनाथ साह
    – प्रल्हाद बुढाथोकी
    – जोगबहादुर यादव
    – महेन्द्र पासवान

    बागमती प्रदेश
    – अञ्जना विशंखे
    – सूर्य सुवेदी
    – हितबहादुर तामाङ
    – शालिकराम जमरकट्टेल

    गण्डकी प्रदेश
    – हरिराज अधिकारी

    लुम्बिनी प्रदेश
    – कुलप्रसाद केसी

    कर्णाली प्रदेश
    – टेकबहादुर बस्नेत
    – महेन्द्रबहादुर शाही

    सुदूरपश्चिम प्रदेश
    – खगराज भट्ट
    – विना मगर

    उपत्यका विशेष प्रदेश
    – मोहन कार्की
    – रमेश मल्ल
    – रामप्रसाद सापकोटा

    सम्पर्क समन्वय प्रदेश
    – झक्कुप्रसाद सुवेदी
    – देवेन्द्र पराजुली
    – मानबहादुर बुढा

    सार्क प्रवास प्रदेश
    – ईश्वरी भण्डारी

    एसिया प्रवास प्रदेश
    – डिबी क्षेत्री

    पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश
    – सुरेन्द्र भुसाल
    – मोहनमान स्वाँर
    – कृष्णकुमार राई

    बैठकले प्रदेश समन्वय कार्यालयलाई थप क्रियाशील बनाउन र यसको जिम्मेवारीलाई प्रदेश समन्वय कार्यालयलाई दिने निर्णय गरेको छ । यसका साथ, पार्टी केन्द्रीय समितिप्रति जबाफदेही रहने र प्रदेश समन्वय कार्यालयको कामलाई विगतका मापदण्ड अनुसार सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने निर्णय भएको छ ।

    अर्को निर्णयअनुसार, केन्द्रीय सदस्यहरूको कार्य विभाजन र विभागीय सदस्यहरूको संख्या थप/घट गर्नका लागि विभागीय प्रमुखको सिफारिसमा निर्णय लिने प्रक्रिया अपनाइने छ । केही जिल्लाका इन्चार्जहरूको नियुक्ति पनि गरिएको छ । यसमा सप्तरी, महोत्तरी, बाजुरा र जाजरकोटका इन्चार्जहरूको नियुक्ति गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्