images
images
  • आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान

    काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ ।

    मंगलबार शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई भोलि फेरि वार्तामा आउन आवह्वान गरेको हो ।शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले केहिदिन देखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

    उनीहरूले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

    यसअघि मन्त्रालयले चैत्र २१ र २२ गते पनि महासंघलाई छलफलका लागि बोलाएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्