images
images
  • शिक्षक आन्दोलनको समय सारियो, भोलि बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने

    काठमाडौँ । बिहान ११ बजेदेखि ३ बजेसम्म माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको शिक्षक महासंघले भोलि (आइतबार) बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय बिहानको लागि सारेको हो ।

    शिक्षक महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरिएको र भोलि बिहान ९ देखि १२ सम्म आन्दोलन गर्ने तथा आन्दोलन शान्तिपूर्ण हुने बताइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्