images
images
  • कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षाको तालिका परिवर्तन गरेको छ। अब यो परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले मङ्गलबार साँझ बसेको बोर्डको बैठकले परीक्षाको नयाँ मिति तय गरेको जानकारी दिए।

    विगत तीन हप्तादेखि नेपाल शिक्षक महासङ्घले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेपछि पठनपाठन प्रभावित भएको थियो, जसका कारण परीक्षासमेत प्रभावित बन्न पुगेको हो। यद्यपि, बोर्डले यसअघि निर्धारित समयमै परीक्षा गर्ने अडान लिएको थियो।

    शिक्षकहरूले परीक्षामा सहभागी नहुने बताएपछि बोर्डले निजामती कर्मचारीहरूलाई परिचालन गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कर्मचारी ट्रेड युनियनहरूले समेत शिक्षकका मागहरू पूरा गरेर उनीहरूलाई नै परीक्षामा सहभागी गराउनुपर्ने माग राख्दै विरोध जनाएका थिए।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षाको मिति सार्न आग्रह गरेका थिए। यी सबै परिस्थितिका कारण बोर्डले अन्ततः परीक्षाको मिति परिवर्तन गर्ने निर्णय लिएको हो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्