images
images
  • शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ

    काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छ्न ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

    त्यसक्रममा पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जनाउँदै उक्त समस्या समाधानका लागि सबै शक्ति लगाउने बताएका छ्न ।

    ‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’

    पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्