images
images
  • बेपत्ता र सत्यनिरुपण आयोगको पदाधिकारीका लागि १११ जनाको निवेदन

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १११ जनाको आवेदन परेको छ ।

    व्यक्तिगत रुपमा ८२ जना र संस्थागत रुपमा २९ जनाको आवेदन परेको छ ।

    समितिले दुवै आयोगको अध्यक्ष तथा सदस्यका लागि इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम आवेदन फाराम भरी १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौंमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न भनेको थियो । समितिले आवेदन दिन आइतबारसम्मको समय दिएको थियो ।

    आवेदन दिनेहरुमा झापाका अग्निप्रसाद थपलिया, धादिङका गोपालप्रसाद लम्साल, पाल्पाका विश्वराज कोइराला, भक्तपुरका उमेश प्रसाद, काठमाडौंकी रेश्मा थापा, बाँकेका विजयसिंह सिजापति, प्युठानका डिल्लीराज आचार्य, धनुषाका नोगन्द्रलाल कर्णलगायत छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्