images
images
  • गाजामा इजरायली सेनाले हाम्रा कर्मचारीमाथि आक्रमण गर्‍यो : विश्व स्वास्थ्य संगठन

    काठमाडौं । इजरायली सेनाले सोमबार गाजाको डेइर अल-बलाह शहरमा आफ्ना कर्मचारीको आवास र मुख्य गोदाममा आक्रमण गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

    डब्ल्यूएचओले इजरायली हवाई आक्रमणका कारण आगलागी भएपछि कर्मचारीहरू र उनीहरूको परिवारको ज्यान जोखिममा परेको जनाएको छ ।

    संगठनले आफ्ना पुरुष कर्मचारीहरूलाई कपडा खोल्न बाध्य पारिएको र बन्दुकको देखाएर उनीहरूलाई सोधपुछ गरिएको जानकारी दिएको छ ।

    डब्ल्यूएचओको यस आरोपमा अहिलेसम्म इजरायलको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

    सोमबार, इजरायली ट्याङ्कहरू पहिलोपटक डेइर अल-बलाह शहरको दक्षिणी र पूर्वी भागमा प्रवेश गरेका थिए।

    त्यसअघि, आइतबार इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले डेइर अल-बलाहमा बसोवास गरिरहेका मानिसहरूलाई तत्काल क्षेत्र छोड्न आदेश दिएको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्