images
images
  • करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

    काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।

    शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् ।

    नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे ।

    एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटनिर्णायकको रुपमा थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै