images
images
  • मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै:बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी

    जनकपुरधाम- मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिन लागेका छन्। दुबै पार्टीका मन्त्रीहरूले मधेस सरकारबाट राजीनामा दिन लागेका हुन्।

    मधेस सरकारमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं अर्थमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङेलीले राजीनामा दिने तयारी गरेका छन्।

    मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। सो अगाडि मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै